Back To Top
सुदरपरर्वी नेपालको झापा जिल्ला अन्र्तगत उत्तरपूर्वी कोणमा मनोरम प्राकृतिक सौन्दर्य एंव धार्मिक तथा पवित्रस्थलहरुले भरिपुर्ण मेची किनारस्थित गाँउ हो बाहुण्डाँगी । मेची राजमार्गका काँकरभिट्टा, धुलाबारी, विर्तामोड जस्ता शहरहरुको प्रभाव तथा शैक्षिक सामाजिक, साँस्कृतिक आदि क्षेत्रहरुमा अग्रगामी पथ लिई अघि बढिरहेको बाहुण्डाँगी शैक्षिक चेतना सम्प्रेषणका सन्दर्भमा अगाडि नै छ भन्नु अत्युक्ति हुदैन ा यसै बाहुण्डाँगी गा.वि.स.को केन्द्रविन्दुमा बौद्धमोड बजारबाट करिब १०० मिटरको दुरीमा उत्तरतर्फ तथा बाहुण्डाँगीकै पुरानो मा.वि. श्री मेची जनसाधारण उच्च मा.वि. भन्दा करिब ३०० मिटर पश्चिममा अवस्थित छ , शिक्षाको गतिशिलता धरोहर ओसेनिक निर्वाण एजुकेशन फाउण्डेसन विद्यालय ।
वि.सं. २०५९ सालमा स्थानिय युवा नरेन्द्र कुमार बस्नेतको सक्रियता र लगानीमा स्थापित यस विद्यालयमा हाल कक्षा नर्सरी देखि कक्षा ५ सम्म अग्रंजी माध्यमबाट शिक्षा प्रदान गर्ने काम भइरहेको छ । स्थानिय योग्य, अनुभवि र कर्मठ युवा जनशक्तिहरुबाट शिक्षण कार्य भइरहेको यस प्र.लि. मा हाल १९२ विद्यार्थी अध्ययनरत छन् । स्थानीय स्रोत साधनको उपयोग र लगानीबाट स्थापित र संचालित यस विद्यालयमा हाल भौतिक पूर्वाधारको पर्याप्तता,बढ्दो गतीमा विद्यार्थी संख्या तथा स्थानीय अभिभावक वर्गको निजी तथा स्तरीय शिक्षाप्रतिको आकर्षंण जस्ता पक्षहरुको आधारमा यस विद्यालयमा हाल सञ्चालित प्रा.वि. तहलाई अभिवृद्धि गरी कक्षा–८ सम्म पुर्याउने लक्ष्य राखीएको छ । हालम्मको शैक्षिक उपलब्धि सन्तोषजनक भएबाट उत्प्रेरित हुँदै थप कक्षाहरु पनि सफलतापुर्वक सञ्चालन हुने छन् भन्ने कुरामा हामी विश्वस्त रहेको छौं ।
२. उद्देश्य
कुनै पनि विद्यालय स्थापनाको न्यूनतम उदेश्य गुणस्तरीय शिक्षा प्रदान गरी समाजलाई सचेतना र आधुनिकीकरण तिर डोर्याउने हुन्छ । यस विद्यालयको सम्पर्क क्षेत्रभित्रका अभिभावक वर्गको आफ्नै गाँउठाँउमा खुलेको विद्यालयमा नै आफ्ना बालबालिकाहरुलाई शिक्षा उपलब्ध गराउने तथा राजमार्ग नजिक खुलेका निजी विद्यालयहरुमा आफ्ना छोराछोरी पढाई धेरै ठूलो व्ययभार खप्नुपर्ने समस्याबाट जोगिने मनसाय प्रकट गर्नु भएबाट पनि यस विद्यालयमा कक्षा वृद्धि गर्नुपर्ने आवश्यक्ता देखिन आउँछ । यसरी समुदायको बढ्दो माग तथा निजी आधुनीक र स्तरीय शिक्षाको आवश्यक्तालाई मध्यनजर गर्दै सर्वसुलभ ढङ्गबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रमुख उदेश्य हामीले लिएका छौ । शिक्षा नै हरेक उन्नतीको तथा विकास निमार्णको प्रमुख आधारशिला हो भन्ने तथ्यलाई हृदयगंम गरी यस स्थानमा यो शिक्षा मन्दिर स्थापना, संरक्षण र संवर्दन गरिदै आएको छ । साथै नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा विभाग, क्षे.शि.नि, जि.शि.का., शिक्षा ऐन तथा नियमावलीमा उल्लेख भएका शर्त र नियमावलीहरुलाई सर्वोपरी मान्दै उक्त संस्था, निकायहरुबाट प्राप्त नीति निर्देशन समेत शिरोपर गर्दै विद्यालय संचालन गर्दै आएको र अबउप्रान्त समेत मानेर जाने प्रण समेत गरिन्छ । यसमा अतिरिक्त नियम कानुन बमोजिम गरिब, दलित, आदिवासी, जनजाती, पिछडिएको वर्ग, लोपोन्मुख जाती, अपाङ्ग तथा छात्राहरुलाई यथासंभव छात्रावृत्ति उपलब्ध गराई शिक्षातर्फ अभिप्रेरित गराउने मुख्य लक्ष्य राखिएको छ ।
३. क्षेत्र
हाल १९२ बालबालिका अध्यनरत यस प्रा.वि.मा बाहुण्डाँगीका ४,५,६,७,८ वडाका बालबालिका रहेका छन् । प्रमुख रुपमा वडा नं. ६ र ४ यस विद्यालयको समपर्क क्षेत्र छ भने वडा नं.५ र ८ का केही भागलाई आफ्नो प्रभाव क्षेत्रमा लिइएको छ । यिनै वार्डहरुका अभिभावक वर्गबाट विद्यालयको अवस्था प्रर्वदनका लागि पहुँच बढाउँदै यसै वर्गको विश्वास, सन्तुष्टि र आकषर्णका आधारमा क्षेत्र विस्तार गर्ने लक्ष्य हामीले लिएका छौं ।